Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोट गाउँपालिकामा दुई दिने मेलमिलाप पुनर्ताजकी तालिम सम्पन्न


616
Shares

बारपाक सुलिकोट गाउँपालिकामा दुई दिने मेलमिलाप पुनर्ताजकी तालिम सम्पन्न

गोरखा, ७ जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा दुई दिने मेलमिलाप पुनर्ताजकी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा बैशाख ५ र ६ गते दई दिन मेलमिलाप पुनर्ताजकी तालिम दिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिकाकी उपाध्यक्ष सनमाया गरुङले मेलमिलमपकर्ताहरुले निष्पक्ष ढंगले काम गर्न सकेमात्रै जनताहरुमा मेलमिलमपकर्ताहरु प्रतिको बिश्वास बढ्ने बताउनुभयो। स्थानीय तहमा हुने गरेका बिबादहरुलाई अदालत र अन्य न्यायिक निकायसम्म पर्याउनु भन्दा कानुनले दिएको अधिकार भित्र रहेर स्थानीय स्तरमा नै समाधान गर्नका लागि मेलमिलमपकर्ताहरुको भुमिका महत्व पुर्णहुने उहाँले उल्लेख गर्नुभयो ।

गाउँटोलको मुद्धाहरुलाई सकभर स्थानीय न्यायिक तरीकाबाट निरुपण गर्नसके तालिम प्रभावकारी हुने उपाध्यक्ष गरुङको अपेक्षा रहेको छ । तालिम ४० जनाको सहभागीता रहेका थियो । मेलमिलाप पुनर्ताजकी तालिम गोरखाका न्याधिसि तेजेन्द प्रसाद शर्मा सापकोटाले सहजिकरण गर्नु भएको थियो । पालिका उपाध्यक्ष गरुङको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology