Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुंङकाेट स्वास्थ्य चाैकीमा भएकाे आगलागी नियन्त्रणमा


889
Shares

बुंङकाेट स्वास्थ्य चाैकीमा भएकाे आगलागी नियन्त्रणमा

गाेरखा, ७  जेठ । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा भएको आगलागी नियन्त्रणमा आएको ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका हो । आगो निभाउन गोरखा नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । आइतबार बिहान करिब पौने ५ बजे माथिल्लो तलामा लागेको आगोबाट प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति पुगेको छ ।

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको वडध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । आगलागी क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता एवम् डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

स्वास्थ्य चौकी भवन दुई तले छ । माथिल्लो तलामा आगो लागेपछि तल्लो तलाका सामानहरु बाहिर निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology