Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा हिजो आएको हावाहुरीले १६ घर र १ गोठमा क्षती


3.7K
Shares

गोरखामा हिजो आएको हावाहुरीले १६ घर र १ गोठमा क्षती

गोरखा, ६ जेठ । हिजो शुक्रवार मध्यान्नमा अचानक आएको हावाहुरीले पालुङटार नगरपालिकामा ठुलो क्षती पु¥याएको छ ।  हावाहुरीका कारण पालुङटार नगरपालिकाको वडा नम्बर ६, ८ र ९ वडाका १५ घर र १ गोठलाई क्षती पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

अन्य स्थानमा पनि क्षती पु¥याएको भएता पनि पूर्ण विवरण प्राप्त नभएको उहाँले बताउनुभयो । हावाहुरी संगै आएको असिना पानीले मानविय तथा पशुचौपायाको भने क्षतीको कुनै जानकारी नआएको उहाँले जानकारी दिनुभयो । प्रहरीले उपलब्ध गराएको विवरण अनुसार पालुङटार नगरपालिका–६ को पौवाटारमा बस्ने कान्छा लामा, बलबहादुर नेपाली, दिपक नेपाली, बलबहादुर परियार र नरबहादुर परियारको घरमा क्षती पुगेको छ । क्षती पुगेकाहरु सबैलाई छिमेकीले आवास र खानाको ब्यवस्था मिलाएर राखेको पनि प्रहरीले जानकारी दिएको छ ।

हावाहुरी र असिना पानीले पालुङटार नगरपालिका–८ को मुलाबारीका ८ जनाको घरमा क्षती पु¥याएको छ । मुलाबारीका कमला नेपाली, सेतीमायाँ नेपाली, ढाका नेपाली, कृण्ण नेपाली, दिपक तामाङ, बुद्विबहादुर बराम, दिलमायाँ थापा र दिपक नेपालीको घरमा क्षती पुगेको छ । त्यस्तैगरी, पालुङटार नगरपालिका–९ को सानोबेशीमा २ जनाका घरमा हावाहुरीले क्षती पु¥याएको प्रहरीले जानकारी दिएको छ ।

उता गण्डकी गाउँपालिका–४ मा रहेको ठाकुर सिंखडाको घरमा पनि क्षती पुगेको छ । घर माथी रहेको काप्राको रुखले घरलाई च्याप्दा घर र घर संगै रहेको शौचालयलाई क्षती पु¥याएको भएता पनि मानविय क्षती भने हुन नपाएको सूचना अधिकारी लामिछानेले बताउनुभयो ।

हिजोको हावाहुरी र असिना पानीले जिल्ला भित्रको विभिन्न स्थानमा किसानहरुले लगाएको अन्नबालीमा क्षती पु¥याएको छ । हावाहुरी र असिनापानीले किसानहरुको करोडौ रुपैयाँको अन्नबाली नष्ट भएको अनुमान कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology