Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा नगरपालिकाबासीले अब आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने


847
Shares

गोरखा नगरपालिकाबासीले अब आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने

गोरखा, ५ वैशाख । गोरखा नगरपालिका र गोरखा अस्पताल बिच आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रवाह सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब नगरबासीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् । आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रवाह सम्बन्धी सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट मेयर कृष्ण रानाले र अस्पतालको तर्फबाट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएका छन् ।

निः शुल्क प्राप्त गर्ने आधारभूत स्वास्थ्य सेवा अन्तरगत खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण सेवा, गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन सेवा, नसर्ने रोग तथा शारिरीक बिकलाङ्गता सम्बन्धी सेवा, सामान्य/आकस्मिक अवस्थाकाको उपचारात्मक सेवा, स्वास्थ्य प्रवद्र्धन सेवा, आयूर्वेद तथा अन्य मान्यता प्राप्त वैकल्पिक स्वास्थ्य सेवा, सरुवा रोग नियन्त्रण कार्यक्रमसहित नगरपालिकाले आवश्यकता पहिचान गरी तोकेका अन्य सेवा रहेका छन् । यो सेवा पाउनका लागी गोरखा नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरुलाई स्वास्थ्य कार्ड प्रदान गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य कार्ड उपलब्ध नहुदा सम्म व्यक्तिको परिचय खुल्ने सरकारी कागज पत्र (नागरिकता/जन्मदर्ता /मतदाता परिचय पत्र र राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमती कार्डको उपलब्ध नहुदा पत्र र बसाईसराई पत्र वा विवाह दर्ता प्रमाण पत्र ) को आधारमा सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवामा उपचार पद्धति अनुसारको सेवा दिन आवश्यक ९८ प्रकारका औषधी, १९ प्रकारका ल्याव सेवा साथै १० प्रकारका अन्य थप सेवा पनि निःशुल्क प्रदान गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागी पन्ध लाख रुपैयाँ विनियोज गरेको मेयर रानाले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा सो रकम खर्च नभएको खण्डमा बाँकी बजेट थप गरि कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनभयो । नगरबासिहरुलाई ओ.पि.डि टिकट तथा अकस्मिक टिकट (स्वास्थ्य विमा विस्तारीत सेवा वाहेक) निःशुल्क सेवा गरिने बताएको छ । यस्तै जनरल बेडमा भर्ना हुने लाई बेड चार्ज र भर्ना पनि निःशुल्क गरिनेछ । यो सम्झौता जेठ १० गतेदेखी लागुहुने व्यवस्थापन समिति अध्यक्ष श्रेष्ठले बताउनु्भयो ।

उहाँका अनुसार स्वास्थ्य कार्ड भने पौष मसान्त सम्ममा प्रदान गर्ने तयारी गरिरहेको बताउनुभयो । सेवा सुरु भएको दिनमा नै अस्पतालको एउटा कक्षमा नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा कक्ष स्थापना गरिने मेयर रानाले बताउनुभयो । आफुहरुले गरेको कामको अन्य पालिकाले पनि अनुसरण गरेर अस्पताल सँग समन्वय गरी यो सेवा जिल्लाबासी सबैको पहुँचमा पु¥याउने अपेक्ष गरेको उहाँको भनाई छ । नगरबासीले विशेषज्ञसहित सेवा पनि निः शुल्क प्राप्त गर्ने बताएको छ ।

देशभरका ७५३ पालिका मध्य गोरखा नगरपालिकाले सुरु गर्न लागेको सेवा पहिलो र सबै भन्दा उत्कृष्ठ भएको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ । गोरखा अस्पताल सेकेन्डरी ए लेबलको अस्पताल हो । मेयर रानाको अध्यक्षतामा भएको सम्झौता कार्यक्रममा उपप्रमुख लिला परियार, गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, नगर स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology