काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताउनुभएको छ । समयमै मल उपलब्ध गराउन भारतसँग मल खरिदको सम्झौता भइसकेको समेत बताउनुभएको छ ।
आज प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताउनुभएको हो । सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको प्रधानमन्त्रीको भनाइ छ ।
यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरूको हितलाई अनि उत्पादन र रोजगारी सिर्जनाको कुरालाई उच्च प्राथमिकता दिइने समेत उहाँको भनाइ छ ।