Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

एम्बुलेन्स दुर्घटनामा परेकी गौतमको शल्य क्रिया गरि बच्चा निकालियो


2.3K
Shares

एम्बुलेन्स दुर्घटनामा परेकी गौतमको शल्य क्रिया गरि बच्चा निकालियो

गोरखा, २ जेठ । सुत्केरी गराउन चितवन लिएर गएको एम्बुलेन्स दुर्घटनामा परेकी महिलाको शल्य क्रिया गरेरी बच्चा निकालिएको छ । दुर्घटना हुँदा गोरखा नगरपालिका–६ निवासी २८ बर्षकी श्रृजना गौतम गंभिर घाईते भएकी थिइन । सुत्केरी गराउन चितवन तर्फ जाँदै गरेको ग ३ च १५०८ नम्बरको एम्बुलेन्स मंगलबार बिहान १ः४० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गंभिर घाइते भएकी श्रृजनाको चिकित्सकहरुले शल्यक्रिया गरेर बच्चा निकालेको हो । शल्या क्रिया गरेर छोराका निकालिएको डा.सन्दिप मास्केले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक निर्मल पनेरुले दिएको जानकारी अनुसार एम्बुलेन्स दुर्घटनामा परेकी श्रृजनाको अनुहारमा चोट लागेको छ भने देब्रे खुट्टा भाँचिएको छ । घाईते श्रृजनाको अवस्था सामान्य देखिएको छ भने बिहीबार खुट्टाको अप्रेशन गर्नुपर्ने चिकित्सको भनाई छ ।

श्रृजनालाई सुत्केरी गराउनको लागि एपोलो अस्पतालको एम्बुलेन्स मार्फत चितवनको भरतपुर तर्फ लादै गर्दा भरतपुर महानगर पालिका–१ को रामनगर स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा साइडमा रोकिरहेको ना ७ ख ६४ नं. को ट्रक संग एम्बुलेन्स ठोकिन पुगेको थियो । आमा र बच्चा दुवैलाई अहिले आईसियुमा राखेर उपचार भईरहेको चितवन प्रहरीकार्यलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology