एजेन्सी, २ जेठ । बलिउड अभिनेत्री नेहा धुपिया र अभिनेता अंगद बेदीको विवाह भएको ५ वर्ष भयो । यी दुईले सन् २०१८ मा ‘सात फेरा’ लिए । उनीहरूको अचानकको विवाहले धेरैलाई चकित पार्यो । किनभने यी दुईको विवाहको चर्चा बलिउडमा मात्रै थियो । यो खबरपछि प्रशंसक त्यति बेला पुनः चकित भए जब नेहाले विवाह लगत्तै आफ्नो गर्भावस्थाबारे जानकारी दिइन् ।
विवाह अघि नै गर्भवती भएको भन्दै धेरैले उनलाई तथानाम भने । विवाहको पाँच वर्षपछि अब नेहा धुपियाले विवाह अघि गर्भवती भएको खबरमा उनका आमा–बुवाको प्रतिक्रिया कस्तो थियो भन्नेबारे खुलासा गरेकी छिन् ।
नेहा आफ्नो व्यावसायिक जीवनका साथै निजी जीवनका कारण पनि चर्चामा छाइरहन्छिन् । दुई सन्तानकी आमा भइसकेकी नेहाले हालै त्यो ७२ घण्टाको कहानीबारे जानकारी दिएकी छिन् जुन उनका आमा–बुवाले उनलाई विवाह अघि गर्भवती भएको कुरा सुनेपछि दिएका थिए ।
नेहा धुपियाले हालै भारतीय सञ्चार माध्यम ‘टाइम्स नाउ डिजिटल’ सँग कुराकानी गरेकी छिन् जसमा उनले ५ वर्ष पुरानो त्यो राज खोलिन् जसबारे निकै कमलाई थाहा छ । नेहा धुपियाले आफू विवाह अघि नै गर्भवती भएको कुराबारे खुलेर कुराकानी गरेकी छिन् । आमाबुवालाई यसबारे थाहा भएपछि उनीहरूको प्रतिक्रिया कस्तो थियो भनेर पनि उनले जानकारी दिएकी छिन् ।