Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखकाली रवर उद्योग सञ्चालनका लागि बजेट बिनियोजन गर्न सचेतक पाण्डेको माग


3.1K
Shares

गोरखकाली रवर उद्योग सञ्चालनका लागि बजेट बिनियोजन गर्न सचेतक पाण्डेको माग

गोरखा, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रतिनिधिसभाका प्रमुख सचेतक हितराज पाण्डेले गोरखाको देउरालीमा रहेको गोरखकाली रवर उद्योग पुन सञ्चालनका लागि बजेट बिनियोजन गर्न माग गर्नुभएको छ । व्यवस्थापिक संसदको आजको बैठकमा बोल्दै उहाँले गोरखकाली रवर उद्योगलाई आगामी आर्थिक बर्षदेखि नै सञ्चालनमा ल्याउन गरि बजेट बिनियोजन गर्न सरकारसंग माग गर्नुभएको हो ।

प्रमुख सचेतक पाण्डेले गोरखकाली रवर उद्योग बाहेक अन्य रुग्ण उद्योगहरु सञ्चालन गर्न सरकारले आबश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिपतको सामाना गर्न सरकार तयारी अबस्थामा रहनु पर्ने भन्दै आबश्यक तयारी थाल्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology