Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अष्ट्रेलियामा शार्क आक्रमणमा परी एक जनाको मृत्यु


889
Shares

अष्ट्रेलियामा शार्क आक्रमणमा परी एक जनाको मृत्यु

एजेन्सी, १ जेठ ।  फिल्महरूमा यस्ता दृश्यहरू देख्नु भएको होला, जसमा शार्कले सर्फिङ गरिरहेका मानिसहरूलाई आक्रमण गर्छ। पानीकी राजाले आफ्नो क्षेत्रमा आउने कसैलाई पनि छोड्दैनन् तर फिल्मी दुनियाँ बाहेक यथार्थमा पनि यस्तो घटनाको चर्चा भइरहेको छ। अष्ट्रेलियाको एलिस्टन टापुमा सर्फिङ गर्ने एक युवालाई खतरनाक शार्कले आक्रमण गर्दा ज्यान गएको छ।

सर्फरमाथि शार्कले आक्रमण गरेको यो घटनापछि अस्ट्रेलियाको यस समुद्री तटमा मानिसमा डरको वातावरण बनेको बताइएको छ। यो घटना साउथ अस्ट्रेलिया आयर पेनिन्सुला नजिक भएको बताइएको छ। एलिस्टन भन्ने ठाउँमा यहाँ धेरै जनसङ्ख्या छैन। तर, सो घटना पछि मानिसहरू समुद्र किनारमा जान डराउँछन्।

यी युवा विगत केही दिनदेखि बेपत्ता थिए। प्रहरीले खोजीमा सहयोग गरेकोमा स्थानीय जनता र आपतकालीन सेवालाई धन्यवाद दिएको बीबीसीले जनाएको छ।

एलिस्टन क्षेत्रमा धेरै जनसंख्या छैन, यहाँ करिब एक हजार मानिसको बसोबास भए पनि पर्यटकको संख्या भने बढी नै हुने गरेको छ। यसको भव्य समुद्री किनाराको कारण पनि यो क्षेत्र एक प्रसिद्ध सर्फिङ स्थान को लागी परिचित छ । एलिस्टनमा शार्क आक्रमणको यो पहिलो घटना होइन।

यसै वर्षको फेब्रुअरीमा पनि सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो । त्यसयता यस क्षेत्रमा बाहिरबाट आउने मानिसमा शार्कको आक्रमण हुने डर छ । समुद्री तटमा शार्कको आक्रमण बढ्दै गएको छ, गत महिना होनोलुलुको समुद्र तटमा एक शार्कले एक सर्फरलाई आक्रमण गरेको थियो, जसमा युवक बाँचे तर शार्कले उनको खुट्टा भने खाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology