Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पुरुषको तुलनामा महिलालाई किन धेरै हुन्छ पिसाबको संक्रमण ?


1.4K
Shares

पुरुषको तुलनामा महिलालाई किन धेरै हुन्छ पिसाबको संक्रमण ?

काठमाडौं, ३१ वैशाख । पिसाबको संक्रमण सामान्य समस्या हो, जुन महिला र पुरुष दुवैमा देखिन्छ । तर पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ । युरिनरी ट्र्याक्ट इन्फेक्सन पिसाब प्रणालीको संक्रमण हो जसमा मिर्गौला, मूत्रनली, मूत्राशय र मूत्रमार्ग समावेश हुन्छ ।

पुरुषको तुलनामा महिलाको मूत्रनली छोटो हुन्छ । सामान्यतया पुरुषको मूत्रनली १८ सेन्टिमिटरको हुन्छ भने महिलाको जम्मा ४ सेन्टिमिटरको हुन्छ । जसले गर्दा संक्रमण पैदा गर्ने ब्याक्टेरिया–भाइरसहरू मूत्राशयमा सजिलै पुग्छन् । छोटो समयमा नै इन्फेक्सन मूत्रथैली हुँदै मिर्गौलामा पनि पुग्छ ।

यौनांगको बनावट पनि पुरुषको तुलनामा महिलाको अलि फरक हुन्छ । बसेर पिसाब फेर्दा पनि शौचालयमा भएका कीटाणुहरूको संक्रमण महिलामा छिटो फैलन्छ ।

एउटा वयस्क व्यक्तिले दैनिक दुई घण्टामा पिसाब फेर्नुपर्छ । तर, काममा व्यस्त हुने महिलाहरुले लामो समय पिसाब रोकेर राख्दा पनि पुरुषको तुलनामा महिलामा पिसाब संक्रमण युरिनको समस्या बढी देखिन्छ ।

लक्षण

छिटो छिटो पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, पिसाब पोल्ने, पिसाबको रङ्ग परिवर्तन हुने, ज्वरो आउने, पेट दुख्ने र पिसाब फेर्दा रोकावट आउने आदि युरिन इन्फेक्सनका लक्षणहरू हुन् ।

कारण

धेरै लामो समयसम्म पिसाब रोकी बस्नु, शरीरमा पानीको मात्रा कम हुनु, महिनावारीको बेलामा सरसफाइमा ध्यान नदिनु, यौनाङ्गको सरसफाइमा ध्यान नदिनु, केही समस्या हुने बित्तिकै यन्टिबायोटिक औषधिको बढी प्रयोग गर्ने आदि कारणले युरिन इन्फेक्सन हुन्छ ।

जटिलता

युरिन इन्फेक्सनको संक्रमणको समयमा उपचार गरिएन भने यो समस्या बारम्बार दोहोरिन सक्छ । जसले गर्दा मुत्रनलीमा ढुङ्गा जम्मा हुने सम्भावना हुन्छ ।

इन्फेक्सन पिसाबको बाटोबाट फैलिएर रगत हुँदै मिर्गौलासम्म फैलिएर मिर्गौला सुन्निने समस्या हुन सक्छ । समस्या अझै बढ्दै गएर ‘युर्रेसेप्सिस’ भएर बिरामीले जानै जने जोखिम पनि हुन्छ ।

उपचार

पिसाबको रुटिन जाँच, कल्चर र अल्ट्रासाउन्ड गरेर इन्फेक्सन कुन अवस्थामा भनेर पत्ता लगाइन्छ । पिसाबमा किटाणुको लागि यन्टिबायोटिक औषधि दिइन्छ । त्यसको साथै लक्षण अनुसार पनि उपचार गरिन्छ । पिसाब धेरै पोल्छ भने नपोल्ने औषधि, पिसाब बारम्बार लाग्छ भने पिसाब थैली धेरै नखुम्चने औषधि दिइन्छ ।

बच्ने उपाय

  • दैनिक ३ लिटर पानी पिउने
  • यौनांगको सरसफाइमा विशेष ध्यान दिने
  • शौचालयको सरसफाइमा ध्यान दिने
  • यौन सम्पर्कपछि पिसाब गर्ने तथा यौनाङ्ग सफा गर्ने
  • लामो समयसम्म पिसाब रोकेर नराख्ने
  • वर्षमा एक पटक पिसाबको रेगुलर जाँच गर्ने
  • पिसाब पोल्ने समस्या लामो समय देखिएमा चिकित्सकको परामर्शअनुसार स्वास्थ्य जाँच तथा औषधि उपचार गर्ने (अनलाइनखबर)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology