Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखामा आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते, हेलिकप्टर मार्फत उद्धार


4.3K
Shares

गोरखामा आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते, हेलिकप्टर मार्फत उद्धार

गोरखा, २९ वैशाख । गोरखामा आफैले काटेको रुखको हाँगाले लागेर एक जना गम्भीर घाइते भएको छ । रुख काट्ने क्रममा हाँगाले लागेर गम्भिर घाइते भई अर्ध बेहोस हुनु भएका अजिरकोट गाँउपालिका ३ काफलडाँडा निवासी राजेन्द्र अधिकारीको हेलीकप्टर मार्फत उद्धार गरी उपचारको लागि काठमाडौं लागिएको गाँउपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३५ वर्षिय अधिकारीको टाँउकोमा गम्भीर चोट लागेको छ ।  ‘ उहाँ र गाँउकै अर्को एक जना मिलेर रुख काट्न जानु भाको रहेछ सोही क्रममा हाँगाले टाँउकोमा लागेर घाइते हुनुभ्एको हो ’ उहाँले भन्नुभयो ।अधिकारीसँगै स्थानीय प्रकाश अधिकारी पनि रुख काट्न जानु भएको थियो ।

गाँउपालिकाको पहलमा गृह मन्त्रालय र रक्षा मन्त्रालयसँग समन्वय गरेर नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि लागिएको हो । स्रोतलाई उदृत गर्दै हाल अधिकारीको उपचार जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology