गोरखा, २९ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न राप्रपा गोरखाले माग गरेको छ । आज शुक्रवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपाले सो प्रकरणमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउन माग गरेको हो । ‘
‘भ्रष्टाचारले मुलुक र दुनियाँ उठ्नै नसक्ने गरी थला परिरहेको अवस्थामा भुटानी शरणार्थीको बहानामा गैरभुटानी नेपाली नागरिकहरुबाट मोटो रकम असुली गर्दै नेपालीलाई गैर नागरिक बनाउने कार्य भई रहेकाले नियमनकारी निकायहरुबाट नै त्यसको घोर निन्दा र भत्र्सना योग्य कार्यको पार्टी गम्भीर भत्र्संना गर्दछ,’ ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
जनताको ढाड सेक्ने गरी भइरहेको महंगी नियन्त्रण गर्न राप्रपाले माग गरेको हो । माग पूरा नभएमा आन्दोलनमा उत्रने चेतावनी समेत राप्रपाले दिएको छ ।