काठमाडौं,२९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञापन(पत्र बुझाएको छ। शुक्रबार दिउँसो सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले ज्ञापन(पत्र बुझाउनुभएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।