Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फेक अडियो बनाएको भन्दै आरजू राणाले दिइन् साइबर ब्यूरोमा उजुरी


1K
Shares

फेक अडियो बनाएको भन्दै आरजू राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं, २७ बैशाख । नेपाली काङ्ग्रेसकी नेतृ एवं सांसद आरजू राणा देउवाले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् । भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोड्दै सामाजिक सञ्जालमा फेक अडियो सार्वजनिक भएको भन्दै उनले ब्यूरोमा उजुरी दिएकी हुन् ।

ूविभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानून अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,ू देउवाले दिएको निवेदनमा लेखिएको छ, निवेदकको माग बमोजिम यथाशीघ्र कारबाहीका लागि अनुरोध गर्दछु । साथै अडियोको रेकर्ड पनि यसैसाथ पेश गरेको छु ।ू

आरजूको निवेदन पाइसकेको र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिनुभयो ।
ूहामीलाई निवेदन प्राप्त भइसकेको छ,ू रायले टेकपानासँग भन्नुभयो, यसको साइबर पक्षलाई लिएर हामी अनुसन्धान गर्छौं ।ू

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology