Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि सङ्गहालय निर्माण


2.7K
Shares

चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि सङ्गहालय निर्माण

गोरखा, २७ बैशाख । गोरखाको शहीद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्गहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नम्बर ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको भेषभूषा, तथा कला संस्कृतिको संरक्षणका लागि सङ्गहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिनुभयो ।

आर्थिक बर्ष ०७८÷०७९ र ०७९÷८० मा वडा कार्यालयले बिनियोजन गरेको १४ लाख रुपैया बजेटबाट सङ्गहालय निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

‘स्थानीयले निशुल्क उपलब्ध गराएको जग्गा सहितको क्षेत्रमा सङ्गहालय निर्माण गरिएको हो, वडाध्यक्ष थापाले भन्नुभयो, ‘ उपभोक्ता समिति मार्फत निर्माण गरिएको सङ्गहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।’

संग्रहालयमा अल्पसंख्यक चेपाङ जातीहरुको भेषभुषा, परम्परागत रुपमा प्रयोग गर्ने सामाग्री राखिने उहाँले बताउनुभयो । ‘पछिल्लो समय चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने सामाग्रीहरु लोप हुने अबस्थामा छ, वडाध्यक्ष थापाले भन्नुभयो, ‘आगामी पुस्ताले ति सामाग्री र संस्कृतिको बारेमा जान्न र बुझ्न समेत नपाउने अबस्था भइसकेकाले त्यसको संरक्षण स्थानीय स्तरबाट नै भएपनि गर्नुपर्छ भन्ने उद्देस्यले सङ्गहालय निर्माण गरिएको हो ।’

शहिद गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो । ‘उक्त स्थानमा चेपाङको मात्र बस्ती छ, अन्यजातीको बसोबास नै छैन, वडाध्यक्ष थापाले भन्नुभयो, ‘ढाडे गाउँ, डाँडा गाउँ, तेस्रे गाउँमा सवै चेपाङ समुदायमा बस्दै आएका छन् ।’ निर्माण सम्पन्न गरिएको सङ्गहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

सङ्गहालयमा चेपाङ समुदायले परम्परागत रुपमा प्रयोग गर्ने भेषभूषा, भाङग्रा, जंगलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामाग्री लगायतका सवै सवैखालका परम्परागत सामाग्री राखिने उहाँको भनाई छ ।

सङ्गहालयमा हरेक बर्ष चेपाङ समुदायले बर्षमा एक पटक मनाउने न्वागी पर्वका दिन सोही स्थानमा कार्यक्रमको आयोजना गरि मनाउने तथा समुदायको क्षमता बिकासका लागि छलफल तथा बैठकहरु गर्नका लागि प्रयोग हुने वडाध्यक्ष थापाको भनाई छ ।

चोपाङहरुको परम्परागत भेषभूषामा महिलाहरुका लागि गून्यु–चोलो, पुरुषहरुका लागि दौरा–कछाड र त्यसमा जाली भरिएको स्टकोट हुन्छ । साथमा पछाडीपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ ।

त्यस्तै परम्परागत चेपाङ समुदायको गरगहनाको रुपमा मुगा, हारेमालालाई लिइन्छ । यस्ता गरगहना लगाउने परम्परा पनि बिस्तारै उक्त समुदायबाट लोप हुदैँ गएको छ । आफ्नो परम्परा र संस्कृतिको लोप हुन नदिन स्थानीय सरकारको पहलमा संग्रहालय बनेपछि चेपाङ समुदायहरु पनि खुशी भएको स्थानीय जगबहादुर चेपाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology