काठमाण्डौं २७ बैशाख । नेपाली काग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पूर्वगृहमन्त्री खाँणलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई अहिले प्रहरी परिसर टेकुमा राखिएको छ ।
आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए । आरोपितको बयानका आधारमा अनुसन्धानमा खाँण पनि यस प्रकरणमा तानिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भने फरार छन् । प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई भने पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।