Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’


1.2K
Shares

‘मेरो जीवन घिनलाग्दो छ, अर्को जीवनमा नवाजुद्दीन बन्न चाहँदिनँ’

एजेन्सी, २५ बैशाख । नवाजुद्दीन सिद्दीकी छिट्टै फिल्म ‘जोगी रा सारा रा रा’मा देखिनेछन् । चलचित्र मे १२ मा ठूलो पर्दामा रिलिज हुँदैछ । यो पारिवारिक मनोरञ्जनात्मक कमेडी फिल्म हो । फिल्ममा नवाजुद्दीनसँगै नेहा शर्मा पनि देखिनेछिन् ।

हालै नवाजुद्दीन सिद्दीकीले दैनिक भास्करसँग आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका छन् । कुराकानीको क्रममा जब उनलाई आफ्नो जीवनमा बायोपिक बनाउन मन छ भनी सोधियो, उनले भने– मेरो जीवन निकै घिनलाग्दो छ, म अर्को जीवनमा नवाजुद्दीन सिद्दीकी बन्न चाहँदिनँ । ‘म माथि कुनै फिल्म बन्ने नै छैन, मेरो जीवन निकै घृणित छ । धेरै नराम्रो छ । र मलाई लाग्दैन कि कसैले मेरो जीवनको बारेमा जान्न चाहन्छ।

जब कसैले सोध्छ तिमी अर्को जन्ममा के बन्न चाहन्छौ, म भन्छु ‘नवाजुद्दीन सिद्दीकी चाहिँ बन्न चाहँदिनँ।’नवाजुद्दीन पछिल्लो पटक फिल्म हिरोपन्तीमा देखिएका थिए । यस फिल्ममा उनले नकारात्मक भूमिका निर्वाह गरेका थिए । अब नवाजुद्दीन पारिवारिक कमेडी फिल्ममा देखिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology