Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव फेला


1.1K
Shares

गोरखाको मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव फेला

गोरखा, २४ बैशाख । गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि फेला परेको छ । गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव शनिबार मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा जानुभएको थियो । वैशाख १८ गते उक्त क्षेत्रमा हिमपात भएको थियो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौँ लगिइएको बताउनुभयो । मृतकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाईने जनाएको छ । फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology