Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोली प्रहारबाट ५ शिक्षक सहित ८ जनाको हत्या


1.1K
Shares

गोली प्रहारबाट ५ शिक्षक सहित ८ जनाको हत्या

एजेन्सी, २२ बैशाख । पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो ।

उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा। आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको भर्त्सनाको गरेको छ । अज्ञात व्यक्तिले विद्यालय बाहिर एकजना शिक्षक र विद्यालयभित्र प्रवेश गरेर चारजना शिक्षकको गोली प्रहार गरी हत्या गरेको हो ।

घटनाबारे कसैले जिम्मेवारी लिएको छैन भने कसले र किन गरायो भन्ने खुलिनसकेको पाकिस्तानी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology