Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कार्यालय भित्रै कर्मचारीहरु तास खेल्न मस्त


987
Shares

कार्यालय भित्रै कर्मचारीहरु तास खेल्न मस्त

काठमाण्डौ, २१ बैशाख । काठमाण्डौ महानगरपालिकाका कर्मचारीहरु महानगरपालिकाको कार्यालय भित्रै तास खेलेर मस्ती गरिरहेको पाइएको छ । महानगरको बेथिति हटाउने काम, कर्तव्य र अधिकारप्राप्त काठमाडौं महानगर प्रहरीका केही प्रहरी आफै कार्यालयमा तास खेलेको पाइएको हो ।

टेकुस्थित नगर प्रहरीको कार्यालयमा पोसाकमै नगरप्रहरीहरू तास खेलेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यालय समयमै तास खेल्ने नगर प्रहरीहरूमा नगर प्रहरी नायब निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ रहेका छन् ।

उक्त तस्बिर बुधबार दिउँसोको भएको बताइएको छ । महानगर प्रहरी बल प्रमुख नगर उपरीक्षक राजुनाथ पाण्डेले दोषीलाई कारबाही हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology