Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

लक्जम्वर्गका मन्त्री फ्रान्ज फायट गोरखा भ्रमण गरेर फर्किए


1.2K
Shares

लक्जम्वर्गका मन्त्री फ्रान्ज फायट गोरखा भ्रमण गरेर फर्किए

गोरखा, २१ वैशाख । लक्जम्वर्ग देशको विकास सहयोग तथा मानवीय सहायता (परराष्ट्र) मन्त्री फ्रान्ज फायटले गोरखाको भ्रमण गरेर फर्किनु भएका छन् । बुधबार दिउसो १ वजे हेलिकोप्टरबाट गोरखा आउनु भएका मन्त्री फ्रान्जले गोरखा अस्पतालको प्रगति विवरण जानकारी लिएर फर्किनु भए हुन् ।

No description available.

लक्जम्बर्गले गोरखा भूकम्पपछि पाँचवर्ष गोरखा अस्पतालमा फिजियोथेरापी सेवामा सहयोग गरेको थियो । गोरखा अस्पतालको अवलोकन पछि मन्त्री फ्राञ्जले गोरखा नगरपालिका वडा नं ७ हिलेपोखरीका एक जना सफल किसान दाउरी सार्कीसंग भेटवार्ता गर्नु भएका थिए । लक्जम्बर्ग सरकारको परियोजनाअन्तरगत बंगुर पालन गरेकी उहाँसंग मन्त्री फ्रान्जले भेटवार्ता गरेका हुन् । अपांग रहेका उहाँका छोरा अभिषेक कोइरालाको पठनपाठनमा मद्दत पुगोस भन्ने उद्देश्यले परियोजनाले २ वटा सुँगुर पालनमा सहयोग गरेको थियो ।

हाल उहाँको २८ वटा सुँगुर देखेर मन्त्री फ्राञ्जले खुशी व्यक्त गर्नु भएका थिए । साथै उहाँले गोरखा नगरपालिका वडा नं ८ का अर्का पूर्ण अपांग लाभग्राहीका परिबारसंग भेटवार्ता गर्नुभयो। जीविकोपार्जन सहयोग कार्यक्रमअन्तरगत बाख्रापालनमा सहयोग गरेको लाभग्राही सिमोन बस्नेतको परिबारसंग मन्त्रीले भेटवार्ता गर्नु भएका हुन् ।

करिव तीन घण्टा गोरखामा बिताउनु भएका मन्त्री फ्राञ्जलाई गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा अस्पतालको व्यवस्थापन समिति र एकीकरण नेपाल गोरखाले स्वागत गरेको थियो ।

भ्रमण टोलीमा नेपालका लागि लक्जम्बर्गका राजदूत पेग्गी फ्रान्टजेन, विकास सहयोग तथा मानवीय साहयता निर्देशक क्रिस्टोफ सिल्ज, विकास सहयोग तथा मानवीय सहायता नागरिक समाज र गैरसरकारी संयोजक सिल्भी दस सन्तोस, निजी अंगरक्षक, ह्याण्डीक्याप लक्जम्वर्गका निर्देशक म्हेदीमग्हर, नेपालका निर्देशक पाउलिन नादिम डुकोसलगायत उच्चअधिकारीहरुको संग्लनता रहेको थियो । लक्जेम्बर्ग ह्याण्डीक्याप इन्टरनेश्नल तथा एकीकरण नेपालसंगको सहकार्यमा गोरखामा समावेशी शिक्षा, समावेशी जीविकोपार्जन र फिजियोथेरापी तथा पुनस्र्थापना कार्यक्रम संचालन गरेको थियो ।

 

सन् २०१७ बाट सुरु गरेको उक्त कार्यक्रम सन् २०२२ मा समापन भएको छ । आफूले सञ्चालन गरेको सहयोग फलदायी बनेको, नबनेको बारे अध्ययन गर्न पोस्ट प्रोजेक्ट मनिटरिङ कार्यक्रम अन्तर्गत मन्त्रीको टोली अनुगमनमा आएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology