Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अजिरकोटमा सार्वजनिक पदमा रहेका व्यक्तिले छोराछोरीलाई अनिबार्य सामुदायिक बिधालयमा पढाउनु पर्ने


1.9K
Shares

अजिरकोटमा सार्वजनिक पदमा रहेका व्यक्तिले छोराछोरीलाई अनिबार्य सामुदायिक बिधालयमा पढाउनु पर्ने

गोरखा, २१ बैशाख । गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबै ब्यक्तिहरुको आफ्ना बालबालिकाहरुलाई सामुदायिक बिद्यालयमा भर्ना गर्ने सम्बन्धी नीति ल्याएको छ । सामुदायिक बिद्यालयहरुलाई थप ब्यबस्थित र प्रभाबकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उदेश्यले गाउँपालिकाले यस्तो नीति ल्याएको ल्याएको अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

अजिरकोट गाउँ कार्यपालिकाबाट सार्बजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी बिधालय ब्यबस्थापन समितिमा आबद्ध शिक्षक अभिभावक संघका पदाधिकारीहरुले आफ्ना बालबालिकाहरुलाई बाल कक्षादेखि कक्षा ८ सम्म अनिवार्य सामुदायिक बिद्यालयमा भर्ना गराउनुपर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले नीति कार्यान्वयनका लागि सार्वजनिक सूचना मार्फत सवैलाई अनुरोध गरेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

आज सार्वजनिक सूचना जारी गरेको गाउँपालिकाले आगामी ७ दिनभित्रमा सम्बधित सवैले सामुदायिक बिद्यालयमा भर्ना गराई गाउँपालिकाको शिक्षा शाखामा जानकारी गराउन समेत निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology