Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको मूल्य एकै दिन १८ सय रुपैयाँले बढ्यो ,कतिमा हुँदैछ कारोबार ?


714
Shares

सुनको मूल्य एकै दिन १८ सय रुपैयाँले बढ्यो ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० बैशाख । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ पुगेको हो ।

बुधवार सुनको मूल्य तोलामै एक हजार ८०० सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ थियो ।
बुधबार तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले मात्रै बढेको छ । मंगलवार चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम भएकोमा बुधवार १४ सय २५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology