गोरखा, २० वैशाख । गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस तथ्यांक विश्लेषणसम्बन्धी तीन दिने कार्यशाला सुरु भएको छ । क्याम्पसमा मंगलबारबाट तथ्यांक व्यवस्थापन तथा विश्लेषणसम्बन्धी कार्यशाला सुरु भएको हो ।
कार्यशालामा अनुसन्धान, तथ्यांक संकलन, व्यवस्थापन र विश्लेषण लगायतका विविध विषयमा त्रिभुवन विश्व विद्यालयका कार्यकारी परिषदका सदस्य प्रा.डा. महानन्द चालिसे र त्रिविकै सहप्राध्यापक डा. ध्रुबलाल पाण्डेले सहजीकरण गरिने क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिश्वविद्यालय अनुदान आयोगको सहयोग र क्याम्पसको आयोजनामा भएको उक्त कार्यशालामा द्रव्यशाह क्याम्पसमा शिक्षण गर्ने र जिल्लाका अन्य क्याम्पसका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।