Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कांग्रेस चितवनका नेता शंकर कँडेल मृत भेटिए


1.2K
Shares

कांग्रेस चितवनका नेता शंकर कँडेल मृत भेटिए

चितवन, २० वैशाख । नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला परेका छन्। चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रहरीले कँडेल मृत फेला परेको सूचना मंगलबार साँझ ६ बजे प्राप्त गरेको थियो। सूचनालगत्तै परिचालन भएको प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ। सुसाइड नोटबारे अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिनुभयो।

मृत फेला परेका कँडेल कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष हुन्। अहिले उहाँ महासमिति सदस्य थिए। कँडेल अनमोल फिड्सका सञ्चालक हुन्। पोल्ट्री व्यवसाय संकटग्रस्त बन्दै गएपछि उहाँले केही अघि मात्रै अनमोल फिड्स बेचेको बताइएको छ।

कँडेलको शव पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको पण्डितले बताउनुभयो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology