गोरखा, १९ बैशाख । गोरखा बारले आज अदालत अगाडी धर्ना लिएका छन् । धेरै लामो सयमसम्म सर्वोच्च अदालतमा प्रधानन्याधिश नहुदा महत्वपूण मुद्वा फैसलाहरुमा समस्या आएको भन्दै गोरखा बारले आज अदालत अगाडी धर्ना दिएका हुन् ।
केन्द्रिय बार एशोसिएसनले प्रधानन्याधिश नियुक्तीको बिषयलाई लिएर देशैभर आन्दोलन गर्न थाले पछि गोरखा बारले पनि आज साँकेतिक रुपमा अदालतको गेट अगाडी उभिएर धर्ना दिएको बारका अध्यक्ष यादव शर्माले जानकारी दिनुभयो ।
अनिश्चित कालिन आन्दोलन अन्तरर्गत आज अदालतको मुलद्वार अगाडी धर्ना दिएको बारका सदस्य रमेश अधिकारीले बताउनुभयो। ‘यो आन्दोलन प्रधानन्याधिश नियुक्त नहुदासम्म जारी रहने’ अधिकारीले जानकारी दिनुभयो।
जिल्लामा रहेको अधिवत्ताहरु सम्मिलित आन्दोलन भोली पनि जारी रहने नेपाल बार एशोसिएसन गोरखा शाखाले जनाएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तको माग गर्दै गोरखा जिल्ला अदालत बार एसोसिएसनका कानुन व्यवसायी अनिश्चित कालिन धर्नामा उत्रिएका हुन् ।