तनहुँ १९ बैशाख । गएको १७ दिनदेखि २० वर्षीया राममाया विक र उहाँका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेपत्ता भएका छ्न। आमाछोरा यही वैशाख ३ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेका हुन ।
माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले जानकारी दिनुभयो ।
‘आमा छोराको खोजीका लागि प्रहरी कार्यालयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ,’ उहाँले भन्नुभयो । भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाए लगत्तै नेपाल फर्किनुभएको हो ।