Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने


861
Shares

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै हुने

काठमाडौं,१९ वैशाख । चालु आर्थिक वर्ष २०७९÷८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित अनुे अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, मंगलबार केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९÷८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ ।

यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो । यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२र२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology