Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज


1.1K
Shares

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

काठमाडौं, १८ बैशाख । दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ ।

गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण दुई साता बित्दा पनि गीत ट्रेन्डिङको शीर्षस्थानमा छ । दुई सातामै यो गीतलाई दुई करोडभन्दा बढी पटक हेरिएको छ । दुई साताभित्रै दुई करोडभन्दा बढी पटक हेरिने गीतको समेत यसले रेकर्ड राखेको छ ।

सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर समावेश छ । सुदीप सागरले गीतको संयोजन गरेका हुन् । गीतमार्फत सपुतले गाउँबाट मोडल बन्ने सपना लिएर सहर आएकी युवतीले भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेका छन् ।

यो गीत नारीद्वेषी रहेको भन्दै कतिपयले विरोध जनाइरहेका छन् भने गायक सपुतले चाहिं आफूले पितृसत्तात्मक सोचविरुद्ध गीत ल्याएको प्रष्टीकरण दिएका छन् । यो गीतपछि सपुत ‘बोल माया २’ र आफ्नै होम प्रोडक्सनको फिल्म निर्माणको तयारीमा छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology