काठमाडौं,१८ बैशाख । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी एसिसी प्रिमियर कपअन्तर्गत नेपाल–युएईबीचको फाइनल खेल वर्षाका कारण अवरुद्ध छ।
नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । युएईले १६ ओभर सकिँदा ५ विकेट गुमाएर ६० रन मात्र जोड्न सकेको थियो ।
खेल भइरहँदा पानी परेपछि अहिले पिचलाई छोपेर राखिएको छ । एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्त्वपूर्ण मानिएको छ ।