काठमाडौं, १६ बैशाख । वर्षा कारण रोकिएको एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओभरको हुने भएको छ ।
डेढ घन्टा रोकिएको खेल सवा १२ फेरि सुचारु हुने बताइए पनि मैदानमा फेरि पानी पर्न सुरु भएको छ। जसका कारण खेल सुरु हुन फेरि ढिलाइ हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३।२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको थियो।
नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन् । ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके । प्रतियोगिताको अर्को सेमिफाइनलमा ओमान र युएईबीच मुलपानीमा खेल भइरहेको छ।