Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका दुई जनालाई २१ लाख भन्दाबढी ठगी गरेको आरोपमा पक्राउ


1.4K
Shares

गोरखाका दुई जनालाई २१ लाख भन्दाबढी ठगी गरेको आरोपमा पक्राउ

गोरखा, १४ बैशाख ।  बिदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले गोरखाका दुई जनालाई प्रक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने गोरखा जिल्ला ध्याल्चोक गाउँपालिका वडा नम्बर ८ घर भएका ५१ बर्षका दुर्गाबहादुर रेग्मी र कमला रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १४ ठैब बस्दै आएका उनिहरुलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो । उनिहरुले सुजन कार्की समेत ३ जनालाई पोर्चुगल पठाइदिन्छु भन्दै प्रतिव्यक्ति तेह्र लाख रुपैयाँ उठाएर ठगी गरेका हुन् । पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक २ लाख रुपैया तलब हुने भनि प्रलोभन देखाएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

उनिहरुले पटक पटक गरि पिडित व्यक्तिहरुबाट एक्काईस लाख रुपैयाँ उठाएका थिए । रकम लिएर फरार भएपनि पिडितले वैदेशिक रोजगार विभागबाट उजुरी गरेपछी प्रहरीले खोजी गर्नेक्रममा दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना माथि बिभागले आबश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology