बैशाख १४ गुल्मी । गएराती भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका–२, दर्लिङ्गबाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको छ। दुर्घटनामा परि जिपका सहचालक बाग्लुङको बडिगाड गाउँपालिका ९ बल्गास बस्ने १८ वर्षीय किशोर किसीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
दुर्घटनामा परि चालक २१ वर्षीय प्रेम केसी घाइते हुनुभएको हो । केसीको अवस्था मध्यम रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो । गए राती पौने १२ बजेको समयमा जिपको एक्कासि ब्रेक फेल भएर सडक भन्दा करिब १५० मिटर तल खसेको स्थानीयको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान सुरु गरिएको छ ।