Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा जबरजस्ती करणीमा परेका मध्य ७५ प्रतिशत नाबालिक


1.4K
Shares

गोरखामा जबरजस्ती करणीमा परेका मध्य ७५ प्रतिशत नाबालिक

गोरखा, १३ वैशाख । गोरखामा जबरजस्ती करणीको शिकार भएका मध्य ७५ प्रतिशत नाबालिक रहेको पाएको छ । आर्थिक वर्ष २०७९/०८० को साउन देखि चैत मसान्त सम्ममा १६ जना महिला बलात्कारको शिकार बनेको जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्याङ्कले जनाएको छ ।

जसमध्ये १२ जना नाबालिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एबं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो । यी १२ जना नै १८ वर्ष भन्दा मुनीको रहेका छन् । बाँकी चार जना ( २५ प्रतिशत) १८ वर्ष माथीका रहेका हुन् । उहाँका अनुसार १८ वर्ष देखि ३५ वर्ष उमेर समूहका दुई जना र त्यस भन्दा माथी ६० वर्ष उमेर समूहका थप दुई जना जबरजस्ती करणीको शिकार बनेको  बताउनुभयो ।

जबरजस्ती करणीका अधिकाशं अभियुक्त १८ देखि ३५ वर्ष वीचका रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।आर्थिक वर्ष २०७७/०७८ मा २८ वटा जबरजस्ती करणीका घटना भएका थिए भने २०७८/०७९ मा घटेर २० मा झरेको थियो । पछिल्लो केही वर्ष यताको तथ्याङ्क हेर्दा जिल्लामा बलत्कार र बलत्कारजन्य घटना घट्दै गए पनि बालबालिका तथा किशोरीहरुमा भने बलात्कृत हुने क्रम उच्च देखिएको छ ।

यती धेरै मात्रमा नाबालिक जबरजस्ती करणीको शिकार बन्नु समाजको लागी एउटा गम्भिर चिन्ताको विषय हो । यस समस्याको समाधानको लागी सरोकारवाला, जनप्रतिनिधी, समाजका बृद्धिजीवि वर्ग लाग्नु पर्ने देखिएको छ । परिवार, आफन्त र नजिकका संरक्षकहरुबाट साना नानीहरु बलात्कार एवं यौनजन्य अपराधका शिकार हुने गरेको डिएसपी लामिछानेको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology