गोरखा, १२ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले बिकास र समृद्धिको यात्रालाई तिब्र पार्नु अहिले अवस्यकता रहेको बताउनु भएको छ ।गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भुकम्पको केन्द्रबिन्दु बारपाकमा भुकम्प स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले भुकम्प लगायतका बिपतलाई रोक्न नसके पनि बिपतबातबाट हुने क्षतिलाई न्यूनीकरणका लागी काम योजना निर्माण अघि बढाइ रहेको बताउनु भयो ।बिपतको पुर्व सूचना प्रणालीलाई ब्यवस्थित गर्ने बिगतका कमजोरीले भएका क्षतीलाई समीक्षा गरेर आगमी दिनमा त्यस्ता कमजोरी हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले ०७२ को भुकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताउनु भयो । ‘पहिले सुन्दर गाउँ, पर्यटकिय गाउँ लगायका पहिचान दिएको थियो , उहाँले भन्नुभयो, बैशाख १२ को भुकम्पले थप पहिचान पनि दिएको छ ।’उहाँले बाह्रकिलो बारपाक सडक खण्ड कालो पत्रेको काममा ढिलाइ भइरहेको भन्दै काम छिटो सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।