Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा प्रशासनको सेवा प्रवाह सार्वजनिक बिदाको दिनमा पनि जारी रहने


1.6K
Shares

गोरखा प्रशासनको सेवा प्रवाह सार्वजनिक बिदाको दिनमा पनि जारी रहने

गोरखा, १२ वैशाख । जिल्ला प्रशासन कार्यालय गोरखाले अबदेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह जारी राख्ने भएको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक बिदाहरुका दिनमा पनि सेवा प्रवाह गर्ने जनाएको हो । प्रशासनले जारी गरेको सूचनामा नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंले नेपाल राजपत्रको भाग ५ को सूचनामा सार्वजनिक सेवा प्रवाह सम्वन्धी विशेष ब्यवस्था भए बमोजिम सार्वजनिक बिदाका दिनहरुमा समेत देहायका सेवा प्रवाहरु हुने आशयको सूचना जारी गरेको हो ।

गोरखा प्रशासनले जारी गरेको सूचना बमोजिम राष्ट्रिय स्तरका सार्वजनिक बिदाहरुमा भने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्वन्धी सेवा प्रवाह कार्यालयबाट हुने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूषालले जानकारी दिनुभयो । प्रजिअ भूषालका अनुसार २०८० सालको बैशाख २२ गते उभौली पर्व, चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), बुद्व जयन्ती, जेठ महिनाको १५ गते पर्ने गणतन्त्र दिवश, भाद्र महिनाको १४ गतेपर्ने रक्षाबन्धन र २० गतेपर्ने श्रीकृण्ण जन्माष्टमीमा समेत प्रशासन कार्यालयबाट त्यस्ता सेवाहरु सर्व साधारण पाउने छन् ।

त्यसका साथै असोज २८ गते घटस्थापना, पौष महिनाको ९ गते पर्ने इसाई धर्मालम्बीहरुको पर्व क्रिसमस डे, पौष १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुन्ही, १५ गते परेको तमु ल्होसार र २७ गते परेको पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)मा पनि कार्यालयबाट सेवा प्रवाह हुने जानकारी गराएको छ । त्यसका अलावा माघ १ गतेको माघी–माघे संक्रान्ती, फागुन १ गतेको जनयुद्व दिवस, २५ गतेको महाशिवरात्री तथा अन्तराष्ट्रिय महिला दिवस, २८ गतेको ग्याल्पो ल्होसार र इस्लाम धर्मालम्वीहरुको पर्व इल उल फित्र र इद उल अजहामा पनि कार्यालयबाट सेवा प्रवाह हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology