Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा अदालत परिसर भित्रै आंतक मच्चाउने ३ जना पक्राउ


2.4K
Shares

गोरखामा अदालत परिसर भित्रै आंतक मच्चाउने ३ जना पक्राउ

गोरखा, १० बैशाख : अदालत परिसर भित्रै होहल्ला गरि अशान्ति मच्चाउने ३ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले आज पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाको मेलमिलाप भवन भित्र रहेको मेलमिलाप केन्द्रमा सम्बन्ध बिच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नम्बर ३ घर भएका ४८ बर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ घर भएका ३३ बर्षका राजु नेपाली र ३० बर्षका राजिन नेपाली रहेको उहाँले बताउनुभयो । दिउँसो करिब २ बजेको समयमा अदालत परिषरमा अंश सम्बन्ध बिच्छेदको मुद्दामा वादी र प्रतिवादी लगायतका व्यक्तिहरुको छलफलका क्रममा उनिहरुले जथाभावी हातपात गरि आंतक मच्चाएको डिएसी लामिछानेको भनाई छ ।

पक्राउ परेका तिनै जना बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसुर मुद्दा दर्ता गरि जिल्ला प्रसासन कार्यालय अनुसन्धान गर्न म्याद थप गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology