Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज थप ८१ जनामा कोरोना संक्रमण पुष्टि


868
Shares

आज थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १० वैशाख। पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ३०६ नमुनामध्‍ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोनाको संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै ५४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् । संक्रमण बढेसँगै मन्त्रालयले कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology