गोरखा, १० वैशाख । गोरखाको शहि दलखन गाउँपालिका वडा नं ७ रातमाटेमा हिजो साँझ आएको हावाहुरीले रुख ढलेर च्यपिदाँ चार वटा बाख्रा मरेको छ । शनिबार साँझ आएको हावाहुरीका कारण घर नजिकै रहेको समीको रुख ढल्दा नन्द लाल श्रेष्ठको घरगोठ र पशुचौपायामा समेत क्षति पुगेको हो ।
ठूलो हावाहुरीले रुख ढल्दा गोठमा रहेको ६ वटा बाख्रा मध्ये ४ वटा बोका मरेको छ भने दुई वटा पाठीको उद्धार गरिएको स्थानीय दिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । हावाहुरीले श्रेष्ठको घरको आधा भाग र गोठको पुरै भागमा क्षति पुगेको उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार आज (आइतबार) विहानै देखि स्थानीयबासी, स्थानीय वन उपभोक्ता समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि लगायतको टिमले रुख पन्छाउने काम गरिरहेको छ।