Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अनेम संघ (क्रान्तिकारी) गोरखा जिल्ला संयोजकमा मालती भट्ट चयन


1.3K
Shares

अनेम संघ (क्रान्तिकारी) गोरखा जिल्ला संयोजकमा मालती भट्ट चयन

गोरखा, ९ बैशाख । माओवादी केन्द्र निकट महिला संघ अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समन्वय समिति गोरखाको संयोजकमा मालती भट्टा चयन हुनुभएको छ । गोरखा सदरमुकाम स्थित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाको पार्टी कार्यालयमा शनिबार सम्पन्न भएको भेलाले भट्टलाई जिल्ला संंयोजकमा सर्वसम्मत चयन गरेको संघकी निवर्तमान जिल्ला अध्यक्ष शोभा लामिछानेले जानकारी दिनुभयो ।

भेलाले संघको जिल्ला सह–संयोजकमा शशी श्रेष्ठ र सचिबमा सर्मिला बगालेलाई चयन गरेको उहाँले बताउनुभयो । भेलाबाट ८५ सदस्यीय जिल्ला समन्वय समिति चयन गरिएको लामिछानेले बताउनुभयो । निवर्तमान अध्यक्ष लामिछानेको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापामगरको प्रमुख आतिथ्यता रहेको थियो । भेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ उहाँले महिलाहरु पनि यो देशको परिबर्तनमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै राष्ट्रको पक्षमा योगदान गर्न जुनसुकै परिस्थितिमा आफुलाई प्रमाणित गरेर अब्बल साबित भईसकेको बताउनुभयो ।

केन्द्रीय अध्यक्ष थापामगरले महिलाहरुको बिरता प्रर्दशन गरि नयाँ नेपाल निर्माणका निम्ति इतिहास बनाउन सफल भएको बताउनुभयो । ‘आज माक्सबादको बैचारिक हतियारले गर्दा महिलाहरुले विभिन्न क्षेत्रमा फड्को मारेको छ, उहाँले भन्नुभयो, ‘ महिलाहरु घरको चुला चौकामा मात्र सिमित हुनु पर्छ भन्ने भनाइहरुलाई गतिलो जबाफ दिदै आफुले पाएको जिम्मेवारी कुशलता पुर्बक निर्बाह गरेर देखाई सकेका छन् ।’

कार्यक्रममा नेकपा माओबादी केन्द्र गोरखा जिल्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य अमर तमु, केन्द्रीय सदस्यहरु कमला नहर्की, लेख बहादुर थापा मगर, धना तमु, किसान महासंघका केन्द्रीय उपाध्यक्ष राम बहादुर ढकाल, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगर , गोरखा नगरपालिकाका मेयर कृष्ण राना ,जिल्ला समन्वय समितिका उप प्रमुख लिला परियार,विभिन्न गाउँपालिकाका उप प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology