गोरखा, ८ वैशाख । अजिरकोट गाँउपालिकाले आगामी वैशाख १५ पछि योजना सम्झैता नगर्ने भएको छ । गाँउपालिकाभित्र आर्थिक वर्ष २०७९/०८० मा कार्यान्वयनका लागी बजेट विनियोजन भएका पूर्वाधार तथा गैर पूर्वाधार आयोजना तथा कार्यक्रमहरुको सम्झौता वैशाख १५ गते सम्ममा गरिसक्नु पर्ने भएको हो ।
सम्झौता भएका आयोजनाहरुको जेष्ठ मसान्त भित्रमा कार्य सम्पन्न गरी भुक्तानी समेत लिई सक्नु पर्ने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्तीले जानकारी दिनुभयो । वैशाख १५ पछि कुनै पनि आयोजनाको सम्झौता नहुने उहाँले बताउनुभयो । उल्लेखित मिति भन्दा पछाडी सम्झौता तथा भुक्तानी नहुने बताउनु हुँदै त्यस सम्बन्धमा सम्बन्धित पक्ष नै जिम्मेवार रहने प्रमुख प्रशासकीय अधिकृत अवस्तीले बताउनुभयो ।