गोरखा, ८ बैशाख । गोरखाको बोर्लाङमा उत्पादित ढाकाको पछ्यौरी काठमाडौंमा बिक्रि तथा प्रर्दशनीमा राखिएको छ । भिमसेनथापा गाउँपालिकाको वडा नम्बर–७ स्थित बोर्लाङमा स्थनीयहरुलाई स्वरोजगार बनाउन तालिम सञ्चालन गरि उत्पादन गरिएका ढाकाका पछ्यौरी काठमाडौको भृकुटीमण्डप स्थित हिमालयन इन्टरनेस्लन एक्स्पोमा बिक्रि तथा प्रर्दशनीमा राखिएको नम्बर ७ की वडासदस्य मालती ढकाल जानकारी दिनुभयो ।
गाउँपालिकाले सञ्चालन गरेको एक वडा एक उद्योग कार्यक्रम अन्तरगत बोलाङमा ढाका उद्योग सञ्चालन गरिएको थियो । स्थानीय उत्पादनलाई एक्स्पो स्टल सञ्चालन गरि उत्पादनलाई बजारीकरण सुरु गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘स्वदेशमा उत्पादन गरेको ढाकाका कपडा स्देशमा मात्रै नभएर बिदेशमा पनि बिक्री बितरण गर्ने सकिन्छ, कि, भन्ने उदेश्यले सामाग्री बिक्रि तथा प्रर्दशनीका लागि राखिएको हो ।’

प्रर्दशनीमा प्रति गोटा १२ सय रुपैँयामा पछ्यौरी बिक्री भईरहेको वडासदस्य ढकालले बताउनुभयो । भीमसेन थापाँ गाउँपालिकाले गएको मंसीर १ गतेदेखि बोर्लाङ ढाका तालिम निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।