गोरखा, ८ बैशाख ः गोरखा जिल्ला स्थित प्रसिद्ध शक्तिपिठ मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकार यहीँ बैशाख १० गते बन्द रहने भएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको सुरक्षालार्ई ध्यानमा राखेर मनकामना केवलकार बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रा.लिले जनाएको छ ।
चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका बेला केवलकार सञ्चालन हुँदा सुरक्षा जोखिम बढ्नसक्ने भन्दै उपनिर्वाचनका लागि एकदिन केवलकार बन्द गर्ने निर्णय भएको मनकामना दर्शन प्रा.लिले जनाएको छ । प्रायजसो दैनिक अत्याधिक भक्तजनहरुको भिड रहने मनकामना मन्दिरमा केवलकार सञ्चालन हुँदा मन्दिरको पुजाआजा र दर्शन गर्न आउने भक्तजनहरुको चाप बढी हुनसक्ने भन्दै सुरक्षा संवेदनाशिलता बढ्ने भएकाले जिल्ला प्रसासन कार्यालय चितवनले पनि केवलकार बन्द गर्न प्रा.लिलाई आज पत्राचार गरेको थियो ।
मनकामना केवलकारको सवस्टेशन चितवन क्षेत्र नम्बर २ अन्र्तगत पर्ने चितवनको इच्छाकामना गाउँपालिकामा पर्दछ । जिल्ला सुरक्षा समिति चितवनको बैठकले उपनिर्वाचनका दिन केवलकार सञ्चालन नगर्न निर्देशन दिने निर्णय गरेको थियो । वैशाख ११ गतेदेखि भने केबलकार पुनः सञ्चालनमा आउने प्रालिले जनाएको छ ।