Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा नदीमा करेन्ट लगाई माछा मार्ने ४ जना पक्राउ


4.9K
Shares

गोरखामा नदीमा करेन्ट लगाई माछा मार्ने ४ जना पक्राउ

गोरखा, ७ बैशाख : नदीमा करेन्ट लगाएर माछा मार्ने ४ जनालाई गएराती प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहहरुसंग समन्वय गरि जिल्ला प्रहरी कार्यालय गोरखाले गस्ती परिचालन गर्ने क्रममा सिरानचोक गाउँपालिका ७ स्थित दरौदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनिहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–२ घरभएका २८ बर्षका लिलामान कुमाल, २६ बर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उहाँले बताउनुभयो । उनिहरुलाई सिरानचोक गाउँपालिका ७ मा पर्ने ओडारे स्थित दरौंदी नदीमा राती साढे १ बजेको समयमा ब्याट्री मार्फत करेन्ट प्रवाह गरि माछा मार्दै गरेको अवस्थामा पक्राउ गरिएको डिएपी लामिछानेले बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट करेन्ट प्रवाह गरि माछा मार्न प्रयोग गरेको १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाएको जाल र माछा राख्न बनाएको फुर्लुङ समेत बरामत गरिएको डिएसपी लामिछानले जानकारी दिनुभयो । नदीमा करेन्ट प्रवाह गरि माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अबैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology