काठमाडौं, ६ वैशाख । दुई दिनदेखि स्थिर रहेको सुनको भाउ आज (बुधबार) भने बढेको छ। सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।