गोरखा, ५ वैशाख । सवारी दुर्घटनामा परी गोरखाका एक युवकको मृत्यु भएको छ । धादिङको चाम्बासमा आज भएको दुर्घटनामा गोरखा नगरपालिका–९ निवासी २६ बर्षिय लक्ष्मण बानियाँको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
काठमाडौंबाट गोरखा तर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प ५८२६ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०२–०३२ प १६५५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा बानियाँको मृत्यु भएको हो ।
दुर्घटनामा परी गंभिर घाईते भएका बानियाँको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको गजुरी प्रहरीले जानकारी दिएको छ ।
मंगलबार दिउसो ३ः१५ बजे गजुरी गाउँपालिका–२ को चाम्बास बिहानी पेट्रोल पम्प पृथ्वी लोकमार्गमा दुर्घटना भएको थियो । बानियाँको उपचारको क्रममा दिउँसो ३ः४० बजे मृत्यु भएको हो ।
दुर्घटना पछी प्रहरीले स्कुटर चालक र स्कुटरलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । मृत्तक बानियाँको शव स्वास्थ्य संस्थामा नै रहेको प्रहरीले जनाएको छ ।