गोरखा, ५ वैशाख । त्रिशुली नदीमा डुबेर गोरखामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं सुन्दरीजल गुम्बा बस्ने २६ वर्षीय सोनाम साङ्बो रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सोमबार शहिद लखन गाउँपालिका–४ को राईनासस्थित त्रिशुली नदीमा पौडी खेल्न गएका सोनाम साङ्बो नदीमा डुबेका थिए । डुबेर गंभिर घाईते भएका सोनामको स्थानीय मेडिकल कुरिनघाटमा सामान्य उपचार पछि थप उपचारको लागि हाईवेय अस्पताल ट्रमा सेन्टर चितवन पठाईएको थियो ।
सोनामको पृथ्वी हाईवेय अस्पताल ट्रमा सेन्टर कुरिन्टारमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।