Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एसिसी मेन्स प्रिमियर कपको पहिलो खेलमा नेपालको शानदार जित


1.3K
Shares

एसिसी मेन्स प्रिमियर कपको पहिलो खेलमा नेपालको शानदार जित

काठमाडौं, ५ वैशाख । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार जितको सुरूआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो। २३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाउनुभयो भने कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्नुभयो। उहाँले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन योगदान गर्नुभयो। जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो। त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याउनु भएका थिए। ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरूआती दबाब भएको थियो।  पछि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काउनुभयो।

पौडेलले ४२ रनको योगदान गर्नुभयो भने सार्कीले अर्धसतकीय पारी खेल्नुभयो। नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology