Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

आज पनि नेप्सेमा ३.०७ अंकको गिरावट


910
Shares

आज पनि नेप्सेमा ३.०७ अंकको गिरावट

काठमाडौं, ५ वैशाख । नयाँ आर्थिक वर्ष लागेपछि तेस्रो दिन सहित लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।

नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको नेप्से ४ वैशाख सोमबार २३.६३ अंकले गिरावट भएको थियो । नेपाल राष्ट्र बैंकको खुकुलो मौद्रिक नीति ल्याउने संकेत र बैंकर्स संघको ब्याजदर घटाउने निर्णयपछि २९ चैत बुधबार नेप्से एकैदिन ९३ अंकले वृद्धि भएको थियो । बिहीबार नै २९.०८ अंकको गिरावट भएको नेप्से त्यसपछि नयाँ वर्षको लगातार तेस्रों दिन पनि गिरावट भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । नेप्से ९३ अंकले बढ्दा बुधबार करिब २ अर्बको कारोबार भएको थियो । बिहीबार नेप्से घटेपनि डेढ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर करिब १ अर्बमा सीमित भएको थियो । सोमबार पनि ९० अर्ब माथिको कारोबार भएपनि मंगलबार कारोबार झनै घटेको छ ।

मंगलबार नेप्सेमा २४ हजार ४२९ वटा कारोबारमा २९ लाख ७५ हजार ९२० कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ८७ करोड ४ लाखको कारोबार भएको छ । यस्तै आज नेप्सेमा कुल २१९ कम्पनीको सेयर कारोबार हुँदा १३८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १९ कम्पनीको स्थिर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology