Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गायक प्रकाश सपुत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा


1.4K
Shares

गायक प्रकाश सपुत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा

काठमाडौं, ५ वैशाख । गायक प्रकाश सपुतले आफ्नो अघिल्लो हिट गीत ‘बोल माया’को दोस्रो श्रृंखला ल्याउने भएका छन् । चार वर्षअघि सार्वजनिक गीतको अन्त्यमा पनि सपुतले ‘बोलमाया’को दोस्रो श्रृंखला ल्याउने घोषणा गर्नु भएका थिए । प्रकाश निकट स्रोतका अनुसार जेठदेखि नयाँ शृंखलाको काम सुरु हुने भएको छ । पहिलेकै कथालाई निरन्तरता दिने गरी गीतको निर्माण सुरु हुने जानकारी प्राप्त छ ।

साथै, सपुत पछिल्लो गीत ‘सकम्बरी’लाई लिएर चर्चामा छन् । नारीद्वेषी भन्दै कतिपय यो गीतको विरुद्ध खनिएका छन् भने प्रकाशले चाहिं पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको प्रतिक्रिया दिदैं आउनु भएका छन् । जे होस्, यी दुई मतबीच ‘सकम्बरी’ रिलिजको पाँच दिनदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।

उहाँले ‘सकम्बरी’को दोस्रो भाग ल्याउने पनि जानकारी गराइसक्नु भएका छन् । के राजनीतिमा जालिन् त सकम्बरी रु भन्दै उहाँले भिडियोको कथावस्तुको खुलासा समेत गीतको अन्त्यमा गरेका छन् । गायक सपुत सांगीतिक टुरको सिलसिलामा अहिले अमेरिकामा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology